नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, विदेशबाट छोरा आएपछिमात्रै अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।   उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । 

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै  अन्त्येष्टि गर्ने तयारी छ ।   नेम्वाङका छोरा स्वेदेश फर्किन करिब दुई दिन लाग्ने अनुमान छ। 

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

स्नातक अध्ययनका क्रममा विसं २०२८/२०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।