७० दिनपछि परमादेशबाट सत्तामा फर्किएका कार्कीलाई बहुमतको सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ ।  अहिलेकै अवस्थामा कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना देखिंदैन ।  

उनले बहुमत पुर्‍याउन सक्ने अवस्था नदेखिँदा कोशी प्रदेश सरकार अस्थिर बन्न पुगेको छ । उद्धव थापा र हिक्मत कार्की पालैपालो मुख्यमन्त्री बने पनि दुवैले बहुमत जुटाउन सकेका छैनन् ।

९३ सदस्य रहेको कोशी प्रदेशसभामा एमालेसँग उपसभामुखसहित ४० सदस्य छन् । एमालेसँग निर्वाचनताकादेखि सहकार्य गरेको राप्रपाले साथ दिँदा कार्कीसँग ४६ सदस्य हुन्छ । विश्वासको मत लिन ४७ सदस्य आवश्यक पर्छ ।

सभामुख नरहेको अवस्थामा विश्वासको मत लिन दिन उपसभामुखले सभा चलाउनुपर्ने हुन्छ । त्यसबेला उनले पनि मतदानमा भाग लिन सक्दिनन् । एमालेको थप एक सीट घट्छ । प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।