काठमाडौं महानगरमा आज शोक बिदा, शिक्षण संस्था बन्द नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौ महानगरपालिकाले आज महानगरपालिकाअन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । 

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो । तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।