दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २८.९२ अंकले घटेर १९३२.४५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार २७६ कम्पनीको १ अर्ब १५करोड ९लाख २० हजार ६०७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५० प्रतिशतले घटेको छ ।

आज लिवर्टीको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड १५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शुभम पावर शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।