माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पाँचौँ दिन पनि जारी रहने छ ।

गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताले धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।