प्रस्तावित छ मध्ये तीन राजदूतको संसदीय सुनुवाइ आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संसदीय सुनुवाइ समितिको बैठक बिहीबार पनि बस्दैछ।

बैठकमा संसदीय सुनुवाइ बाँकी रहेका प्रस्तावित राजदूत धनबहादुर ओली (थाइल्याण्ड), घनश्याम लम्साल (कुवेत) र तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) को सुनुवाइ हुनेछ।

यसअघिबुधवार बसेको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका लागि लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि सुधीर भट्टराईको संसदीय सुनुवाइ भएको थियो। उनीहरूले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।