नयाँ संसद् भवनको निर्माण प्रगतिप्रति सभामुख असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसदको भवन निर्माणलाइ थप तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएका छन् । 

निर्माणाधीन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रती असन्तुष्टि जनाएका हुन् ।

उनले भने,‘निर्माणाधीन संसद् भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिएको छु । भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको अवस्था छ । हिउँदे अधिवेशन गर्ने गरी काम भइरहे पनि अझै थप तीव्रता दिनुपर्ने सुझाव दिएको छु । भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहनेछ ।’

छलफलमा शहरी मन्त्रालयका सचिवलगायतका सरोकारवाला सरकारी अधिकारीहरु सहभागी थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।