माओवादी पदाधिकारी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि माओवादी पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।

पार्टी मुख्यालय पेरिस डाँडामा सुरु भएको बैठकमा केन्द्रीय कमिटि बैठक र त्यसको तयारी तथा ऐजेण्डाबारे छलफल भइहरेको छ ।

त्यसपछि आजै स्थायी कमिटि बैठक समेत बस्नेछ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।

पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिकसहितका विभिन्न प्रस्तावहरु पेस हुने छन् । साथै बैठकले पार्टीको विधान अधिवेशनसहितका विषयमा पनि निर्णय लिने छ ।

माओवादीले मंसिरमा विधान सम्मेलन गर्ने जनाएको छ । बैठकमा ३ सय ५ जना केन्द्रीय समिति सदस्य, १ सय ९ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।