शेयर बजार घट्ने क्रम रोकिएन, साढे २ अर्बमा समेटियो कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २१.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा उपसमूहको परिसूचक घटेको छ । भने एकवटा बढेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ७८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाखको कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको शेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारेपछि लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र शेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।