जसपाले फेर्‍यो झन्डा र लोगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ। 

भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए। सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए। 

यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ। त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।