निर्देशकको विरोध गर्दा मन्त्री भुसालले गरिदिए वैज्ञानिकको सरूवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कनिष्ठलाई कृषि अनुसन्धान परिषद् (नार्क)को  कायममुकायम कार्यकारी निर्देशक बनाएको विरोध गर्दा कृषिमन्त्री बेदुराम भुसालले नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर रामप्रसाद घिमिरे र उपाध्यक्ष युवराज भुसाललाई सरूवा गरि दिएका छन् ।

घिमिरेले गत २७ गते र भुसालले २६ गते सरूवाको पत्र थमाइएको हो । आफ्नो तजबिजी अधिकार प्रयोग गरेर नार्कको पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयतामा रहेका ध्रुवराज भट्टराईलाई गत असार १ गते कायममुकायम कार्यकारी निर्देशक बनाएका थिए। 

मन्त्री भुसालको कदमविरूद्ध नार्ककै वैज्ञानिकहरू समेत आवद्ध रहेका सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्टस नेपाल (सास)ले विरोधमा विज्ञप्ति निकालेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।