प्रतिनिधि सभाको बैठक सोमबारसम्मको लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो।

प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।