सिनर्जी पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ।

कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीका लागि सेबोनले असार २० गते बुधबार अनुमति दिएको हो। कम्पनीले २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न सेबोनसमक्ष २०७९ फागुन ५ गते अनुमति मागेको थियो। सेबोनले हकप्रद स्वीकृती दिएसँगै कम्पनीले ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्नेछ।

गत वर्षको साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभाले पारित गरेको हकप्रद सेबोनले स्वीकृती दिएसँगै कम्पनीले अबको दुइ महीनाभित्र निष्कासन गर्नेछ।

अब कम्पनीले हकप्रद निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द मिति तोक्नेछ। उक्त दिनसम्म कम्पनीको सेयर किन्नेहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ। जलविद्युत आयोजना प्रवर्द्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।