अभिनेता सारुक ताम्राकार मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। सारुक काठमाडौंको रातोपुलस्थित घरमा मृत फेला परेका प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार सारुक बिहीबार साँझ घरको छतमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।  

घरमा आमा–बुवासँग बस्दै आए पनि बिहीबार साँझतिर भने उनी घरमा एक्लै रहेका थिए। उनका आमा–बुवा एउटा कार्यक्रममा सहभागी हुन घर बाहिर रहेका थिए। 

सारुक पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’मा अनुबन्धित थिए। 

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।