कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिन छुट्याउन काठमाण्डौ महानगरको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्म आवेदन दिन पाउने व्यवस्था गर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा विभागले आज सूचना प्रकाशन एसईईको नतिजा आएको मितिले कम्तीमा १५ दिन म्याद राखेर आवेदन दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

विगतमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गरेका कारण देशका विभिन्न क्षेत्रबाट आउने विद्यार्थी आवेदन दिनबाट वञ्चित भएको महानगरले जनाएको छ।

महानगरपालिकाले कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीको कोटा निर्धारण गरेर छात्तवृत्ति उपलब्ध गराउन पनि शिक्षण संस्थाहरूलाई भनेको छ। यसका लागि शैक्षिक सत्र २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सूची असार मसान्तभित्र पठाउन भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।