राष्ट्रियसभा बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार स्थगित राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ।

अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बैठक निर्धारण भएको संसद् सचिवालयले जनाएको छ।

बुधबार दिउँसो साढे २ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए। 

एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः पौने ५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो।

तर त्यो समयमा पनि बैठक बस्न सकेन। त्यसपछिअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबारका लागि बैठक बोलाएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।