प्रधानमन्त्रीको अभिव्यक्ति हदैसम्मको नकचरोपनको परिणाम हो– एमाले महासचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रीतम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई एमाले महासचिव शंकर पोखरेलले ‘हदैसम्मको नकचरोपन’ भनेका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘प्रचण्डजी धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो।’

उनले प्रचण्डको उक्त अभिव्यक्तिलाई ‘अक्षम्य गल्ती’ भनेका छन् । ‘प्रधानमन्त्री को हुने भन्ने कुरामा बाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो’, उनले भनेका छन्, ‘जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।