गगन थापालाई बोलेको कुरा पूरा गर्न मेयर बालेनकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापालाई बोलेको कुरा पूरा गर्न आग्रह गरेका छन् ।

मंगलबार साँझ स्टाटस लेख्दै उनले गगनलाई दलको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाइने भनेर बताएको स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेसको महामन्त्री ज्युले नै भने पछि, काठमाडौँ महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौं,’ उनले भनेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।