सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्न कांग्रेस प्रचार विभागको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा, ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने’ निर्णय गरेको उल्लेख छ।

सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई तोकेका थिए। सोमबारको बैठकमा विभागका ३५ जना सदस्यले धारणा राखेका थिए। कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्‍याउने निर्णयसमेत भएको छ।

‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।