काठमाडौ । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार दिलिपप्रकाश कार्कीलाई १८६ मतान्तरले हराउँदै गौतम निर्वाचित भएका हुन् । गौतमले ३१५ मत प्राप्त गरे भने कार्कीले १२१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप बस्याल जानकारी दिए।
शाखाको उपाध्यक्षमा रोमन आचार्य(पुरूष), महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह-सचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी,सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड),राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल,रामचन्द्र मिश्र, अनुप प्रधान,मिन्साङ लामा,रमेश सेन्चुरी, विनिता क्षेत्री,मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल रहेका छन् ।
Comment