भोटेबहालमा इनारमा डुबेको अवस्थामा मृत भेटिए दुई युवक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका  २२ वर्षीय जितेश गुरूङ रहेका छन्।  

प्रहरीको अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनार नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।