प्रचण्ड सरकारप्रति बाबुरामकाे अविश्वास, भन्छन्- अब संयुक्त सरकार निर्माण गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन दिइरहेका भट्टराईले याे नयाँ प्रस्ताव ल्याएका हुन्। धेरैले उनले प्रचण्ड सरकारमाथिकाे अविश्वास जनाउँदै याे प्रस्ताव गरेकाे टिप्पणी गरेका छन् ।  

‘गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थिता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्य अदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।’

‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बाँकी कामको समापन, थप जटील बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्बाेधन गर्दा ठीक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ,’ उनले भनेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।