‘वान एक्स बेट’मा पक्राउ परेका कलाकार र युट्युबरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइन  बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

 काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो।

उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तेस्रोपटक म्याद थप गरेको हो। यसअघि पहिलोपटक चार दिन र दोस्रोपटक ६ दिनको म्याद अदालतले दिएको थियो। 

अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो।

बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरुमार्फत ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।