भ्रष्टाचारीलाई एकैपटक जेल हाल्नुपर्छ : सभापति लामछिाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको धारणा सार्वजनिक गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले आफ्नो पार्टी पंक्ति अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको दाबी गरे।

उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताए। उनले पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे।

उनले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे। उनले साना कुरामा पार्टीका अन्य नेताहरू बोल्ने बताए।

लामिछानेले भने, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। नयाँ छौँ, सिक्ने कुरा धेरै छन्। विचारका बारेमा पछि कुरा गरौँला। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई स्रोत र साधन सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ।’

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरू त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए।

उनले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरूलाई पार्टीबाट निष्काशित गरी उनीहरूले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न चुनौती दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।