१९ वर्षपछि अध्यापनको नियमित पेशामा फर्किए कांग्रेस नेता मिनेन्द्र रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापनको नियमित पेशामा फर्किएका छन् ।  रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत् १९ वर्षपछि नियमित अध्यापन पेशमा फर्किएको जानकारी दिएका छन् । 

रिजालले अमेरिकाबाट पीएचडी गरेका छन् । रिजालले हरेक आइतबार ८ देखि १० बजेसम्म एपेक्स कलेजमा पढाउन लागेको जानकारी दिए ।  एपेक्स कलेजमा उनको लगानीसमेत छ । जसको स्वामित्व पछिल्लो समय कान्तिपुर मिडिया ग्रुपले किनेको थियो । रिजाल नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।  

उनले मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत पाएनन् ।  महामन्त्रीमा पराजित भएपछि उनले सम्हालिरहेको रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए । उनलाई केही साता अगाडि कांग्रेस सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।