काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएम बाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरु गरेको छ ।
यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो। बैंकको मोबाइल बंैकिङ एप ज्योति स्मार्ट तथा वेब ब्राउजर वथयतष्कmबचत।वदद।िअयm।लउ मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ ।
बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटीएमबाट यो सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने कार्डलेस विथड्र आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । त्यसपछि ज्योति विकास बैंककै एटीएममा गई कार्डलेस ट्रान्जिक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त ओटीपी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।
डिजिटल बैंकिङ्गको प्रयोग बढेसंगै बैंकले सोही प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगीविरुद्ध सचेत हुन आग्रह गरेको छ ।
बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
Comment