नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २५.६६ अंकले बढेर १९२७. ६५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६९ कम्पनीको १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच भएका छन् ।

सोमवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।