नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विद्येयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पोडेलको निर्णय राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरिदिएको विधेयक साढे आठ महिनापछि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

लामिछानेले संसदमा छलफल नगराइ पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरे ।

नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमाविपरीत लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ,’ लामिछानेले फेसबुकमा लेखेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।