बालेनको व्यंग्य : वडाध्यक्षको काम गर्ने भए सांसद किन बन्नुहुन्छ माननीय ज्यूहरु!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रतिनिधिसभाका सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको घोषणा गरेपछि साहको यस्तो प्रतिक्रिया आएको हो।

मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले सांसदहरूलाई सोधेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’

बजेट भाषणका क्रममा अर्थमन्त्री महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेका थिए।

अनियमितता बढेको भन्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।