पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष उमेर भित्रका बालबालिकाका लागि ६ र १४ हप्तामा दुई मात्रा खोप लगाउने गरिएकोमा अब १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा लगाइनेछ । 

एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा पाँच वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाइन्थ्यो । अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । 

खोप सुरक्षित भएकाले परिवर्तित नियमित खोप तालिका अनुसार आफ्ना बालबालिकालाई खोप लगाई आफ्ना बालबालिकालाई पोलिया रोग लाग्नबाट बचाउन मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयलका अनुसार खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । सरकारले २०७५ साल साउनदेखि बालबालिकाहरूलाई पोलियोविरुद्धको खोप दिन थालेको हो ।

परिवर्तित नियमित खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।