काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरेका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई निर्देशन दिँदै उनले हिन्दू राज्यको पक्षमा धारणा नराख्न आग्रह गरेका हुन् ।
बैठकमा अध्यक्ष ओलीले अब मुलुक हिन्दू राज्यतिर नफर्कने पनि प्रष्ट पार्दै भने, ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ ।’दुई–चारजनाले हिन्दू राज्य भन्दैमा उनीहरुकै कुरा मानेर हिँड्न जरुरी नरहेकाे उनकाे भनाइ थियाे ।
राज्यको कुनै धर्म नहुने र सबै धर्मालम्बीहरुको मुलुक भएको उल्लेख गर्दै उनले पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिन नेताहरूलाई निर्देशन दिए । उनले भने, ‘देशमा हिन्दू धर्म मान्ने बहुसंख्यक छन्, यो धर्म असहिष्णु छैन, यसलाई मान्नुपर्छ । तर अब पछाडि फर्कन सकिँदैन ।’
भारतको उदाहरण दिँदै अध्यक्ष ओलीले भने, ‘नामै हिन्दूस्तान भएको भारत पनि हिन्दू राज्य होइन, धर्म निरपेक्ष देश हो ।’
Comment