अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमण : ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। 

डल्लासस्थित एक शपिङ मलमा भएको आक्रमणमा अरु ७ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। 

टेक्सास प्रहरीले डल्लासको एलन क्षेत्रमा एलन नामक शपिङ मल बाहिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। 

आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएको जनाइएको छ। यो वर्षमात्रै अमेरिकामा १९८ गोली प्रहारका घटना भएका छन् जसमा औसतमा कम्तीमा ४ जनको मृत्यु भएको छ। 

अधिकारीका अनुसार यो वर्ष गोली प्रहारका घटना सन् २०१६ यताकै धेरै भएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।