नागरिकता विधेयकबारे कानूनिवद्सँग परामर्श गर्दै राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानूनिवद्सँग आज परामर्श गर्ने भएका छन्। राष्ट्रपति पौडेलले ​अहिले केहीबेरमा कानुनविद्सँग परामर्श गर्न लागेको उनको सचिवालयले जनाएको छ।

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।  सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए। लगत्तै राष्ट्रपतिले ​कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।