राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्। दिल्ली उपचारपछि स्वेदश फर्किएर स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपति रामचन्द्रलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शीतलनिवासमै दिउँसो ३ बजे नवनियुक्त मन्त्रीत्रयको सपथ कार्यक्रम राखिएको छ।

बुधबार कांग्रेस कोटाबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डले आगामी बजेटलगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।