पूर्वराजा ज्ञानेन्द्र शाह भोलि १० दिने भारत भ्रमणमा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन्।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन्।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ।  पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन्।  ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन।

उनको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्। ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।