परराष्ट्रमन्त्री साउद आज बेलायत जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत प्रस्थान गर्दैछन्।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गर्न लागेका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।