सत्तारुढ पार्टी र पूर्वराजाकै कार्यकर्ताले मविरुद्ध उदण्डता मच्चाए -अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएका पार्टीका कार्यकर्ताले आफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दै उदण्डता मच्चाएको आरोप लगाएका छन् । 

आईतबार अखिल नेपाल किसान महासंघको ७३औ‌ँ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा जस्ता अराजक गतिविधि गरी उदण्डतामा लागेको टिप्पणी गरे । उनले भने, ‘सत्तामा हुने पार्टिका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको छ ।’

उनले झापा र तेह्रथुम लगायतका स्थानमा आफू जाँदा आक्रमण गर्नेहरुमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको पनि संलग्नता रहेको दावी गरे । ‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, अध्यक्ष ओलीको भनाइ थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।