सत्ता पक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन् । सत्ता पक्षका सांसदहरूले फरार अभियुक्त रहेकी कोइरीलाई बिरामी भएर अनुपस्थित भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे ।

सत्ता पक्षका अधिकांस सांसद्ले उनी फरार अभियुक्त भएकाले स्वास्थ्य उपचारको कारण देखाएर उन्मुक्ति नपाउने बताएका छन्। उनको अनुपस्थितिलाई स्वास्थ्‍य उपचारका रुपमा पास नगर्ने अडान सत्ता पक्षका सांसद्ले लिएका छन्।

एमालेले भने पक्राउ गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताएको छ। विदेश पुगेका अपराधी समेत प्रहरीले पक्रिएका उदाहरण रहेको बताउँदै चुनौती दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।