मौसम पूर्वानुमान:भारी वर्षासँगै बाढी पहिरोको खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमानसहित जारी गरेको बुलेटिनमा प्रदेश १, २ र बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

महाशाखाका अनुसार अहिले नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावले देशभर नै सामान्य बदलीको अवस्था छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानहरूमा सामान्य वदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।