निफ्राको नाफा ६७.२८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ७.१७ रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढेको छ।

गत वर्षको यही अवधिमा ५९ करोड ४५ लाख रूपैयाँ नाफा भएको बैंकको यसपटक एक अर्ब १६ अर्ब रूपैयाँ नाफा भएको हो।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेर २ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ६७.३१ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ९८ करोड संचित छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ७९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँबाट बढेर ७.१७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।