आज हनुमान जयन्ती, बालाजुमा २२ धारा मेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  चैत्र शुक्ल पूर्णिमा चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यसलाई वर्षको पहिलो पूर्णिमा मानिन्छ।

यो दिन हनुमान जयन्ती मनाइन्छ। पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन्। 

चैत्र शुक्ल पूर्णिमाका अवसरमा विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। यो दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउँछ। बौद्ध समुदायको दुईदिने तेमाल जात्रा पनि यसै दिन सम्पन्न हुन्छ।

विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।