काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार (आज) एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।
Comment