सुनको मूल्य फेरि बढ्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँ तोकेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।