काठमाडौं । सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो । जसमा दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय भएको हो ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको बैठकमा सहभागी मन्त्रीले जानकारी गराए ।

Comment