आज मिती २०७९ साल फागुन ९ गते मंगलवार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ फागुन ९ गते, मंगलवार, २१ फेब्रुअरी २०२३। फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि, ११ः१४ बजेपछि द्वितीया। शतभिषा नक्षत्र, ११ः१३ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। जग्गामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोल्दा विचार पुर्याउनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धन लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य छ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहे पनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।