तराई क्षेत्रमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

उता, राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।