छोटो दुरीका सवारी चलाउने बारे उच्चस्तरीय समितिकाे यस्ताे प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणबद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।

त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरू मात्र चढाउने गरी अन्तरिक हवाई सेवा समेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

तर कोरोना संक्रमणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागु हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।