प्रतितोला ६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ ।

मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज १ लाख ४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।