नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,३ माघ । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५० कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बिहीवार ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ ।

उच्च अंकले बढेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु सेलेक्ट फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज २३ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ ।

अपर तामाकोशीको ११ करोड ३८ लाख र न्यादी ग्रुपको ९ करोड बढीको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।