पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः कतै बर्षा, कतै हिमपात र कतै हुस्सु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

 आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहनेछ। गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपात तथा तराईका भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।